राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका ३ वटा गाडी संग्रहालयमा

काठमाण्डौ – नारायणहिटी दरबार संग्रहालयमा राजाहरुले प्रयोग गरेका थप तीन वटा गाडी नागरिकका लागि प्रदर्शनीमा राखिएका छन् ।

बुधवार राजा त्रिभुवन वीरविक्रम शाह र महेन्द्र वीरविक्रम शाहले प्रयोग गर्नुभएका थप तीन वटा गाडी प्रदर्शनमा राखिएको हो । पुराना गाडीको भौतिक मर्मत र रङरोगन गरेर सर्वसाधणका लागि प्रदर्शनीमा ल्याइएको छ ।

प्रदर्शनीमा राखिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्व राजपरिवारले प्रयोग गरेका सबै सामान व्यवस्थित रुपमा अवलोकनको लागि खुला गर्ने नीतिअनुसार आज तीनवटा गाडी प्रदर्शनीमा राखिएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार