टिकटक बनाउने क्रममा तालमा खसेका युवाको शव भेटियो

टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा बेपत्ता भएका युवाको शव भेटिएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ३७ वर्षीय बेद बहादुर बस्नेत बुधबार मृत भेटिएका हुन ।

उनको तालभित्र अन्दाजी ५० मिटर तल शव फेला परेको सल्यान प्रहरीले जनाएको छ । मंगलबार दिउँसो उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार