एमालेको ध्यान मुलुकको बिकास र सुशासनमा केन्द्रीत छ : अध्यक्ष ओली

'गठबन्धनको उदेश्य एमालेलाई कमजोर पार्ने हाे'

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफुले जस लिनकै लागि गठबन्धन सरकारले नयाँ नागरिकता बिधेयक ल्याएको बताएका छन् । बुधबार झापाको बिर्तामोडमा आयोजित नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै ओलीले यसअघि प्रचण्डले तीन बर्ष रोकेर राखेको उक्त बिधेयक अहिले जस लिनका लागि नै गठबन्धन सरकारले ल्याएको बताएका हुन् ।

पहिले समितिमा नागरिकता बिधेयक रोकेर अहिले समितिमा छलफल नै नगराई नयाँ बिधेयक ल्याएर सरकारले जनतालाई समेत भ्रममा राखेको उनको भनाई छ । त्यस्तै ओलीले राष्ट्रियताका पक्षमा उभिएकै कारण गठबन्धनको उदेश्य एमालेलाई कमजोर पार्ने र सिद्धाउनेमा केन्द्रीत रहेको तर्क गरेका छन् ।

गठबन्धनमा भएका पार्टीले पहिचानका नाममा राज्यलाई बिखण्डीत गर्ने प्रयास गरेको र गठबन्धन दलका क्रियाकलापका कै कारण संघीयता समेत बदनाम भएको धारणा ब्यक्त गरे । अध्यक्ष ओलीले एमालेको ध्यान मुलुकको बिकास र सुशासनमा केन्द्रीत रहेको जिकिर गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार