सुर्खेत जाँदै गरेको बसमा ढुङ्गा खस्दा एक जनाको मृत्यु

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बसमा ढुङ्गा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका–१ का १७ वर्षीया पार्वती शाही रहेकी छन् । उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिकाको पैँसट्ठी भन्ने स्थानमा सडकमाथिबाट ना ७ ख ५८११ नम्बरको रात्रिकालीन बसमा ढुङ्गा खसेको थियो । ढुङ्गा लागेर सवारी चालक पछाडिको सिटमा बसेका दुई जना घाइते भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार