हेटौंडामा राष्ट्रियसभा उप-निर्वाचनकाे मतदान शुरु

भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक हुने

राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । भुटनदेवी विद्यालयमा शुरु भएको मतदानमा स्थानीय तहबाट धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु (श्रेष्ठ) र प्रदेशसभा सदस्यको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरे । बिहान ९ बजेदेखि मतदानको समय निर्धारण गरिए पनि करिब सवा नौ बजेबाट मतदान सुरु भएको हो । मतदानको समय दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ । राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो । मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ । मतगणना साँझ ५ बजेदेखि शुरु गरिने छ । आजै बेलुकासम्ममा नतिजा आइसक्ने जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार