ककनीमा पनि भेटियो हैजा, संक्रमितको संख्या ३६ पुग्यो

काठमाडौं । गएको असार ५ गतेदेखि काठमाडौंमा फैलिएको हैजाको संक्रमण अहिलेसम्म चार जिल्लामा देखिएकोे छ । काठमाडौं उपत्यकाका तीनसहित नुवाकोटको ककनीमा समेत हैजा संक्रमित भेटिएका छन् ।

योसँगै यो वर्ष हैजा संक्रमितको संख्या ३६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं महनागरपालिकामा सबैभन्दा धेरै १४ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकामा आठ, गोकर्णेश्वरमा दुई, चन्द्रागिरिमा दुई तथा नागार्जुन, बूढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा एकरएकजनामा हैजा संक्रमण देखिएको छ । यस्तै, ललितपुरको ललितपुर महानगरपालिकामा तीन र महालक्ष्मी नगरपालिकामा एकजनामा हैजा पुष्टि भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार