सुन पसलमा चोरी, सीसीटीभीको ‘हार्डडिस्क’ समेत गायब

बर्दियाको बारबर्दिया नगरपालिका–९ भादा बजारमा रहेको एक सुन पसलमा चोरी भएको छ । बुधबार बिहान करिब २ बजे एक सुन पसलमा रहेको नगद र गरगहनासहित सीसीटीभीको हार्डडिस्कसमेत चोरी भएको हो ।

उक्त सुनचाँदी पसलमा नगद १ लाखसहित १८ तोलाभन्दा बढी सुन लुटेको भन्दै पीडितले प्रहरीमा कार्यालयमा उजुरी गरेका छन् ।

पीडित अर्जुन घिमिरेको डेराबाट करिब ५ सय मिटर दूरीमा रहेको पसलमा मुखमा मास्क लगाएर आएका डकैत समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ । घिमिरेलाई बाँधेर बनाएर पसलको ताल्चा खोल्न लगाई धानमाल लुटेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी प्रवक्ता डीएसपी सूर्य सुवेदीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार