उद्योगमन्त्री बडूले गरे जनकपुर चुरोट कारखानाको निरीक्षण

काठमाडौँ– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेडको निरीक्षण गरेको छ ।

संघ सरकार मातहतमा रहेको सो कारखानालाई मधेस प्रदेश सरकारले सरकारको स्थायी संरचना निर्माणका लागि हस्तान्तरण गर्न माग गरिरहेकै समय मन्त्री बडुले अनुगमन गरेका हुन् ।

बुधवार मधेस प्रदेश सरकारको प्रशासनीक कार्यक्षेत्रमा रहेको कारखानाको तथा अनुगमन गर्दै मन्त्री बडुले यो एक समय निकै प्रख्यात रहेको र नाम कमाएको उद्योग रहेको उल्लेख गरे ।

कारखानाको अवस्था, सरसम्पति, मेसिनरी लगायतका अवस्था र विषयवस्तु बुझ्नका लागि आफू अनुगमन तथा निरीक्षण गर्न आएको उनको भनाइ थियो ।

सरकारले अहिले राष्ट्रिय उत्पादन बढाउन, कलकारखाना सञ्चालन गर्नका लागि नीतिहरु लिएको उल्लेख गर्दै उनले बन्द रहेको कारखानाहरूलाई सञ्चालन गर्नका लागि बजेटहरु समेत ल्याइएकाले खुलाउन पहल थालिएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार