भीम रावलले सुनाएको कविता-‘देश द्रोही मालिक भएछ’

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदको गणपूरक संख्या नपुगेपछि समयमा बैठक सुरु हुन सकेको छैन ।

बुधबार दिउँसो १ बजेका लागि तोकिएको बैठक गणपूरक संख्या नपुगेका कारण २ बजेसम्म सुरु हुन नसकेको ।बैठक सुरु नभएपछि एमाले नेता भीम रावलले बैठक हलमा कविता सुनाए ।

देशको लागि लड्ने सालिक भएछ
देश द्रोही मान्छे चाहिँ मालिक भएछ

समितिको बैठकका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, समिति सभापति पवित्रा निरौला खरेल, सांसदहरु दीपक प्रकाश भट्ट, लीलादेवी सिटौला, चादतारा कुमारी, रेनुका गुरुङ उपस्थित भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार