मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

काठमाडौँ– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १३ भैँसेपाटीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रोशी गाउँपालिका–१ का १८ वर्षीय कृष्ट लामा रहेका छन् ।

अरनिको राजमार्गअन्तर्गत बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ८०८७ नंको ट्रकलाई सोही दिशाबाट जाँदै गरेको बा ६७ प २८९२ नंको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । सो घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय एण्डी लामा घाइते भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार