कपिलवस्तुमा माओवादी केन्द्रका नेता पाण्डेमाथि गोली प्रहार

नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि बुधबार राति ११ बजे तीन जनाको समूहले गोली प्रहार गरेको हो ।

उनीसहित भारतीय नागरिक इयाज अक्तर सवार मोटरसाइकलमाथि गोली प्रहार भएको थियो । पाण्डेलाई दुई गोली र अक्तरलाई १ गोली लागेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताएका छन् । ३५ वर्षिय पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ ।

गोली प्रहार लगत्तै दुवैलाई कपिलवस्तुमा उपचार हुन नसकेपछि रूपन्देहीको युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । गोली लागेका पाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यवसायिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीले बताएको छ । गोली किन र कसले हान्यो अझै खुल्न सकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार