परराष्ट्र र सुरक्षा नीतिमा राष्ट्रिय सहमति आवश्यक छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले परराष्ट्र र सुरक्षा नीतिमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थितिबारे आइतबार काठमाडौमा भएको बहस कार्यक्रममा बोल्दै उनले परराष्ट्र र सुरक्षा नीतिमा राष्ट्रिय सहमति गनुपर्ने बताएका हुन् ।

उनले अहिले अमेरिका र चीनले हतियारको होडबाजी गरेको भन्दै त्यसले नेपाललाई पनि चिन्ता बढेको बताए । उनले हतियारको होडबाजी र युद्धले कुनैपनि समस्याको समाधान हुन नसक्ने पनि बताए । उनले युरोपमा नाटो र अमेरिकाले आइपीएस भनेर ल्याएको बताए ।

‘परराष्ट्र र सुरक्षा नीति दुवैमा राष्ट्रिय सहमति आवश्यक छ’ अध्यक्ष नेपालको भनाइ छ ।

‘इन्डो प्यासिफिक स्टाटजीमा अमेरिकाले तीनवटा देशलाई शत्रुको घोषणा गरेको छ, रुस, चीन र उत्तर कोरियालाई’, नेपालले भने, ‘ इण्डो प्यासिफिक भित्र अमेरिका, जापान, अष्ट्रेलिया र भारत रहेका छन् ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार