विद्युत महशुल छुट लगायत यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

सरकारले होटल तथा रेष्टुरेन्टलाई कोभिड–१९ को बन्दाबन्दीको ६ महिनाको समयको शत प्रतिशत र त्यसपछिको चार महिनाको विद्युत डिमाण्ड शुल्कको ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले नियमित रुपमा कर तिर्ने र समयमा नै अद्यावधिक गर्ने होटल तथा रेष्टुरेन्टलाई कोरोना अवधीको विद्युत शुल्कमा छुट दिने निर्णय गरेको जानकारी दिए । त्यस्तै बैठकले तत्कालिन पञ्चायती शासन व्यवस्था विरोधी आन्दोलनमा सरकारपक्षबाट हत्या झापा विर्तामोड ९ का चन्द्र डाँगी र सोही जिल्लाकै बुद्धशान्ति गाउँपालिका १ का रामप्रसाद प्रधानलाई सहीद घोषणा गर्ने निर्णय गरेको उनले बताए । जापानले दिने १ अर्ब ८ करोड बराबरको वस्तुगत सहायता अनुदान स्वीकार गर्ने निर्णय गरेको छ भने बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको अध्यक्ष पदमा डढेलधुराका विनोदकुमार जोशी र नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल तामाङलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

बैठकले चालू आर्थिक वर्षका लागि गहुको न्युनतम समर्थन मूल्य प्रति क्वीन्टल ३ हजार १११ रुपैयाँ तोक्ने निर्णय गरेको गुरुङले जानकारी दिए । त्यस्तै केराउ सुपारी छोकडा, नधुल्याएको मरिच र सवारी साधानको आयातलाई व्यवस्थापन गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार