नेपालमा बुधबार थप ८ हजार १७३ जनामा कोरोना पुष्टि, २४६ जनाको मृत्यु

काठमाडौँ उपत्यकामा मात्रै २ हजार ४८६ जनामा संक्रमण

नेपालमा बुधबार थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ५४ र एन्टिजेन विधिबाट १०९ जना गरी जम्मा ८ हजार १७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै गएको २४ घण्टामा २४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६ सय ५७ पुगेको छ ।

त्यस्तै काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी जम्मा २ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । यस्तै देशभर ७ हजार ९८९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने हालसम्म तीन लाख ६० हजार ४०३ जना निको भइसकेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार