आजको मौसम : भारी वर्षाको सम्भावना

काठमाडौं। आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।बिहान काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदरभन्दा केही दक्षिण रहेकाले सक्रिय हुन नसकेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार