काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिंघेलाई बधाई तथा शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमार्फत देउवाले विक्रमसिंघेलाई नेपाल सरकार र नेपाली नागरिकको तर्फबाट बधा तथा शुभकामना व्यक्त गर्दछु भनेका छन् ।
देश आर्थिक संकटमा फसेपछि नागरिकमाझ अलोकप्रिय भएका प्रधानमन्त्री विक्रमसिंघेलाई बुधबार श्रीलंकाली संसदले राष्ट्रपति चयन गरेको थियो । ६ कार्यकाल प्रधानमन्त्री बनेका उनले आफू राष्ट्रपति भए लगत्तै दिनेश गुणावर्धनेलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।