काठमाडौं । एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोटका व्यवसायी मधुसुदन पाण्डे पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई जबर्जस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पीडितले काठमाडौंमा जाहेरी दिएपनि घटनास्थल पोखरा भएकाले घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय कास्कीले गरिरहेको छ ।
प्रहरीका अनुसार २२ असारमा पोखराको लेकसाइडस्थित एक होटलमा पाण्डे र राजु राउत नामका व्यक्तिले एक युवतीलाई बलात्कार गरेको अभियोग छ । इञ्जिनियर समेत रहेका राउत फरार छन्, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा मतियारका रुपमा अन्य पनि संलग्न भएका छन् ।