नेकपा एमालेका सांसद गोकुल बास्कोटाले संसद्मा नागरिकता विधेयक रंग बदलिएर आएको बताएका छन् । मौसम बदलिएजस्तै सत्ताको चासनीले रंग बदलिएर आएको उनले बताए । प्रतिनिधिसभामा नागरिकता विधेयक सम्बन्धी छलफलमा बास्कोटाले त्यस्तो भनेका हुन् ।
‘कैयौँ ठाउँबाट खेदिएका नेपाली पनि हामीले देखेका छौँ, कयौँ देशका शरणार्थीलाई पनि देखेका छौँ,’ उनले भने, ‘लूज प्रावधान नराखौँ, ७ वर्षसम्मको अवधि राखौँ ।’
लोक सेवा आयोगले परीक्षणकालको अवधि राखेको हुन्छ भने नागरिकताजस्तो सम्वेदनशील विषयमा अवधि राख्नु पर्ने उनले भने ।
‘लचिलो हुने नाममा कतै पेरुमा फुजी मरु जापानको राष्ट्रपति भए जस्तै नहोस्, फिजीमा महिन्द्रा चौधरी भए जस्तै नहोस्,’ बास्कोटाले भने, ‘वैवाहिक नागरिकताको विषयमा खास अवधि राख्नैपर्छ ।’