मौद्रिक नीति अघि नेप्से परिसूचक २७.२६ अंकले घट्यो

मौद्रिक नीति आउने दिन शुक्रबार नेप्से परिसूचक २७.२६ अंकले ओरालो लागेको छ । परिसूचक २०१७.४६ अंकमा सीमित भएको छ ।

सेयर बजारसम्बन्धी ४/१२ को नीति संशोधनमा संशय उत्पन्न भएपछि लगानीकर्ता बिक्रीमा होमिएका छन् । यो दिनको कारोबारमा जम्मा ३३ लाख २० हजार ५१२ कित्ता १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रुपैयाँमा कारोबार भएको छ ।

बैंकिङ १५, विकास बैंक ७१, फाइनान्स २७, होटल तथा पर्यटन ५८, जलविद्युत् ३५, जीवन बीमा १०९, उत्पादन ११२, माइक्रोफाइनान्स ४८, निर्जीवन बीमा ३२, अन्य ३२ र ब्यापार उपसमूह सूचक ५० अंक घटे । कुल १४ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने १ को स्थिर रह्यो ।

किसान लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ८.४, गणपति लघुवित्तका ६ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, गोर्खा फाइनान्स, पुनर्बीमा कम्पनी, अरुणकाबेली पावर क्रमश: अगाडि रहे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार