भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण नहोस् : दुर्गा पौडेल

जन्मको आधारमा नागरिकता दिन नहुने तर्क

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जन्मको आधारमा नागरिकता दिन नहुने बताएकी छिन् ।विधिशास्त्रीय सिद्धान्तका आधारमा पनि जन्मका आधारमा नागरिकता दिन नहुने र जन्मका आधारमा नागरिकता पाएकाहरुलाई वंशजको नागरिकता दिन नहुने उनको भनाइ छ ।

शुक्रबार प्रतिनिधिसभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बोल्दै सांसद पौडेलले नेपाल भारत खुला सिमानाका कारण जन्मको आधारमा नागरिकता दिँदा भोलिका दिनमा नेपाली नै अल्पमतमा पर्ने खतरा उत्पन्न हुने बताइन् ।

सांसद पौडेलले भनिन्– ‘हाम्रो जस्तो मुलुकको हकमा बुझ्नुपर्ने कुरा के छ भने अंगीकृत नागरिकताको पुरानै प्रावधान छ । त्यो अंगीकृत नागरिकताको प्रावधानलाई अगाडि बढायौं भनेपनि पुग्छ । पहिले जसरी जन्मका आधारमा नागरिकता वितरण भएको थियो, त्यो नागरिकता वितरणमा सर्वोच्च अदालतले रोक लगाएको थियो । त्यो कुरा अहिलेसम्म पनि छानविन भएको छैन । वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ त्यसमा दुईमत छैन तर भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न भएन । यो राष्ट्रियतासँग जोडिएको कुरा छ । अंगीकृत नागरिकता पाउने सांसदले कस्तो कुरा ब्यक्त गरेको हो त्यो संसदमा रेकर्ड भएकै छ । त्यसैले यी कुरालाई मध्यनजर गर्न जरुरी छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार