शुक्रबार सुनको भाउ बढेको छ । प्रतितोला एक हजार रुपैयाँले बढ्दै सुनको मूल्य ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन एकहजार रुपैयाँले नै घट्दै छापावाला सुनको मूल्य ९३ हजार रुपैयाँमा झरेको थियो ।
यस्तै, आज तेजावी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै घट्दै ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढ्दै एक हजार १६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।