उपत्यकामा एकै दिन १ हजार ९४१ जना सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन १ हजार ९४१ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेको कारण उनीहरूलाई उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाउने १३, लेन अनुशासन पालना नगर्ने ६५, रेड लाइटमा सवारी चलाउने ६५ र नम्बर प्लेट राम्रोसँग नराख्ने २१ जना सवारी चालक छन् । अन्य कारण कारबाहीमा पर्नेमा १ हजार ७६९ जना सवारी चालक छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार