अफ्रिकन फुटबलर अफ द इयर अवार्ड मानेलाई

काठमाडौं । सेनेगलका फरवार्ड साडियो मानेले अफ्रिकन फुटबलर अफ द इयर अवार्ड प्राप्त गरेका छन् ।मोरक्कोको राजधानीमा आयोजित विशेष कार्यक्रममा मानेलाई अवार्ड प्रदान गरिएको हो ।

कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ)ले बिहीबार राति मानेलाई अफ्रिकन फुटबलर अफ द इयर अवार्ड प्रदान गरेको हो ।३० वर्षीय मानेले सेनेगलकै गोलकिपर एड्वार्ड मेन्डी र इजिप्टका मोहमद सलाहलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

‘यस अवार्डबाट सम्मानित हुन पाउदा ज्यादै नै खुशी लागेको छ, ’ अवार्ड पाएपछि मानेले भने, ‘म सेनेगलका जनतालाई धन्यवाद दिन चाहन्छु । यो ट्रफी म युवा र देशलाई डेडिकेट गर्न चाहन्छु ।’

जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड मानेले दोस्रो पटक यस अवार्ड जितेका हुन् । यस अघि उनले २०१९ मा यस अवार्ड जितेका थिए ।मानेले यसै वर्ष सेनेगललाई अफ्रिकन कप अफ नेसन्सको उपाधि दिलाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार