ग्लोबल आइएमई बैंकको नाफा ५ अर्ब २० करोड

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७८-७९ मा ५ अर्ब २० अर्ब नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विववरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ग्लोबलले २५ प्रतिशतले नाफा बढाउन सफल भएको हो ।

वाणिज्य बैंकमा ५ अर्ब नाफा कमाउने रेकर्ड ग्लोबल आइएमई बैंकले राखेको हो ।

आर्थिक वर्ष २०७७-७८ मा बैंकको नाफा ४ अर्ब १६ करोड रुपैयाँ थियो । बैंकले ब्याज आम्दानीबाट मात्र १० अर्ब ७४ करोड रुपैयाँ आम्दानी गरेको छ । २३ अर्ब ७९ करोड चुक्ता पूँजी भएको ग्लोबल आइएमई बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई ३ अर्ब १९ करोड रुपैयाँ लाभांश बाँड्न मिल्ने जनाएको छ । यस आधारमा ग्लोबलले साढे १३ प्रतिशत लाभांश गतवर्षको नाफाबाट दिनसक्छ ।

बैंकको रिजर्बमा भएको पैसा तथा साधारणसभा हुने बेलामा भने लाभांश क्षमता फरक हुनसक्छ । ग्लोबल आइएमई बैंकले गत महिना बैंक अफ काठमाडौंसँग मर्जरमा जाने सम्झौता गरेको छ ।

असार मसान्तसम्म बैंकको निक्षेप २ खर्ब ७७ अर्ब रहेको छ भने कर्जा २ खर्ब ५८ अर्ब छ । गतवर्ष असार मसान्तमा बैंकको निक्षेप २ खर्ब ६८ अर्ब तथा २ खर्ब २८ अर्ब रुपैयाँ थियो । बैंकको खराब कर्जा अनुपात (एनपीएल) १.२२ प्रतिशत रहेको छ ।

कर्जा निक्षेप अनुपात असार मसान्तसम्म ८९.२१ प्रतिशत छ । स्प्रेडदर ४।२६ प्रतिशत छ । यस्तै बेसरेट ९.४ प्रतिशत तथा प्रति सेयर आम्दानी २१.८८ प्रतिशत रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार