इजरायलले सिरियामाथि गर्यो हवाइ हमला, तीन सैनिकको मृत्यु

काठमाडौं – इजरायलले सिरियाको राजधानी दमास्कस नजिकै हवाइ आक्रमण गरेको छ। इजरायलले विगत एक दशकयता सिरियाली सेना, इरानी समर्थक मिलिशिया र हिजबुल्लाह लडाकुहरूलाई निशाना बनाएर सयौं आक्रमण गर्दै आएको छ।

बिहिबार भएको आक्रमणमा तीन सैनिकको मृत्यु भएको सिरियाको रक्षा मन्त्रालयले दावी गरेको छ। यस घटनामा अरु सात जना घाइते भएका छन्। ​

सिरियाली वायु रक्षाले गोलान हाइट्सबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूलाई रोकेको विज्ञप्तिमा उल्लेख छ। राजधानी दमास्कसमा यी विस्फोटको आवाज सुनिएको थियो।

गत महिना, इजरायली आक्रमणको आशंकापछि दमास्कस एयरपोर्ट हप्ताहरूका लागि बन्द गरिएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार