यू–२० नेपाली टिमको कप्तानमा आयुष घलान

काठमाडौं । भारतमा आयोजना हुने साफ यू–२० पुरुष च्याम्पियनसिप फुटबलमा नेपालको कप्तानी आयुष घलानले गर्ने भएका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले मिडफिल्डर घलानले टोलीको नेतृत्व गर्ने जानकारी गराए । आयुष टोलीका अनुभवी खेलाडी हुन् । आयुष सिनियर राष्ट्रिय टोलीका नियमित सदस्य समेत हुन् ।

आयुषले राष्ट्रिय टोलीका लागि ७ खेलमा १ गोल गरिसकेका छन् । नेपालले साफ यू–२० का लागि २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

नेपाली टोली भोलि शुक्रबार भारत प्रस्थान गर्ने छन् ।च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ ।शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार