थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैँ- नेपालमा थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६ सय ६७ पिसिआर परिक्षणक क्रममा ३ सय १७ जना र १ हजार ९ सय २ एन्टीजेन परिक्षणका क्रममा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ५६ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार २ सय २८ जना निको भएका छन् । हाल नेपालमा २ हजार ५ सय ३७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जानाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार