लगातार ८ दिनको वृद्धिपछि बिहीबार सेयर बजारको परिसूचक नेप्से ५.८७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०४४ अंकमा कायम भएको छ । कुल १ अर्ब ६४ करोडको कारोबार भयो । बैंकिङ र अन्यबाहेकका सबै उपसमूह घटेका छन् । सेन्ट्रल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ३.१६ प्रतिशतले बढेको छ ।
त्यस्तै, जनउत्थान लघुवित्त, ग्लोबल आइएमई बैंकको डिभेञ्चर ८१, नेशनल माईक्रोफाइनान्स, नेपाल रि इन्स्योरेन्स, एभरेष्ट बैंक, गुराँस लघुवित्त, एभरेष्ट बैंक, बिओको डिभेञ्चर, ग्र्रिन भेञ्चर र बोर्टलर्स नेपाल (तराई)का लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।