काठमाडौंको गोदाममा प्रहरीको छापा, १ करोड मूल्य बराबरको अवैध सामानसहित छविलाल पक्राउ

काठमाडौंस्थित एक गोदाममा प्रहरीको बिशेष टोलीले छापा मारेको छ । चावहिलमा उपत्यका अपराध अनुसन्धान कार्यालयको बिशेष टोलीले गोदाममा छापा मारेको हो ।

उक्त गोदामबाट पटका (बिस्फोटक पदार्थ) सहित भन्सार छलीका बिभिन्न सामग्रीहरु फेला परेको छ ।गोदामबाट पटकासहित विभिन्न बिदेशी ब्रान्डका चुरोट, गुट्खा, हुक्का फ्लेबर्स र अक्सिमिटर बरामद भएको हो ।

बरामद गरिएका बस्तु करिब १ करोड मुल्य बराबरका रहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । भन्सार छलेर ल्याइएको सामान र गोदामका मालिक पर्साको सुखवा प्रसौनी गाउँपालिका १ घर भएर काठमाण्डौं कपन बस्ने ४० वर्षीय छविलाल अगस्तीलाई पक्राउ गरिएको छ । बरामद भएका सामानहरु राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार