नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) ज्योति पाण्डे तथा शिखर इन्स्योरेन्सका सीइओ दीपप्रकाश पाण्डेलाई पितृ शोक परेको छ । ज्योति र दीपका बुवा पूर्वसचिव दुर्गाप्रसाद पाण्डेको निधन भएको हो ।
लखनउ विश्वविद्यालयबाट एमए गरेका मृतक दुर्गा प्रकाश पाण्डेयले सन् १९५८ देखि १९९४ सम्म विभिन्न पदमा रहेर काम गरेका थिए ।उनले सन् १९५८ देखि पाटन कलेजबाट लेक्चरर हुँदै सरकारकी सेवा सुरुवात गरेका थिए । त्यस पछि उनि सन् १९६१ मा पर्यटन विभागमा सेक्सन अफिर भए । पाण्डे १९६६ मा मन्त्रिपरिषद सचिवालयमा उपसचिव थिए । सन् १९७० मा भन्सार विभागका निर्देशक तथा महानिर्देशन भए ।
सन् १९८२ मा महावाणिज्य दुतावास कोलकाताको महावाणिज्य दूत भएर काम गरे । सन् १९८७ मा पाण्डेय वीरगन्ज चिनी कारखानाको अध्यक्ष तथा महाप्रवन्धक भएका थिए । १९८८ मा पाण्डे आपुर्ती मन्त्रालयका अतिरिक्त सचिव समेत भएका थिए । यस लगत्तै १९८९ मा आपुर्ती मन्त्रालयकै का.मु सचिव भएर काम गर्ने अवसर प्राप्त गरेका थिए । उनि १९९० मा वाणिज्य मन्त्रालयको सचिव भएर सन् १९९४ मा सेवावाट अवकाश भएका थिए ।
उनले आफ्नो जीवनकालमा केहि विशेष कार्य समेत गरेका छन् । पाण्डेयले नेपाल भारत वाणिज्य तथा पारवहनसम्बन्धी विषयहरुको सरकारी वार्ता तथा बैठकहरुमा नेपालको तर्फबाट करिव ४२ पटक भाग लिएका थिए । उनको सन् १९७१, १९५८, १९९१ को व्यापार तथा पारवहन सम्धि गर्ने कार्यमा विशेष संलग्नता थियो । नेपाल सरकारले भारतसँग सहयोग तथा समन्वय बढाउन गठन गरेको उच्चस्तरीय टास्कफोर्सको सदश्य भई सन् १९९१ देखि १९९४ सम्म काम गर्ने अवर प्राप्त गरेका थिए ।
पाण्डेयले सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु, सविख्यात त्रिशक्ति पट्ट र दीर्घ सेवा पदक मार्फत सम्मान्नित हुने अवसर प्राप्त गरेका थिए । पाण्डेयका दुई छोरा र एक छोरी छन् ।