तनहुँमा २७ वर्षीया महिला घरभित्रै मृतावस्थामा भेटिइन्

तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन् ।

२७ वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् । मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् ।

प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

“घटनाबारे अनुसन्धान गरिरहेका छौँ, थप विवरण अनुसन्धानपछि आउँछ”, उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार