महाकाली नदीमा पानीको बहाव बढेपछि सवारी आवागमन बन्द

अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । नदीमा पानीको बहाव बढेसँगै सवारी आवागमन बन्द गरिएको छ । नदीमा पानीको बहाव एक लाख ३९ हजार ६ सय क्युसेक मापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव बढेपछि गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा सवारी आवागमन बन्द गरिएको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार