समितिका सभापतिहरुसँग सभामुखको सामूहिक छलफल

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई प्रभावरकाी बनाउन र बिभिन्न बिधेयकहरुको अवस्थाका बारेमा समितिका सभापतिहरुसंग सामूहिक छलफल गरेका छन् ।

सिंहदरबारमा आइतबार प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रभावकारी रूपमा संसद् र संसदीय गतिविधिलाई अगाडि बढाउने भन्ने छलफल भएको समितिका सभापतिहरूले जानकारी दिएका छन् । समितीमा रहेका विधेयकहरु र सरकारलाई संसदप्रति जवाफदेशी बनाउनका लागि भएका प्रयासका बारेमा पनि छलफल भएको राज्य व्यवस्था समितिका सभापति शशी श्रेष्ठले जानकारी दिइन् । समितिमा सभापतिहरूले कार्यक्षेत्रको विवाद र समितिका संयुक्त बैठकलाई कसरी व्यवस्थित गर्ने भन्ने पनि छलफलको विषय बनेको उनले बताइन् । कानुन निर्माणका क्रममा जनताको अपनत्व स्थापित हुने कानुन निर्माण कसरी गर्ने भन्ने विषयमा छलफल भएको श्रेष्ठले जानकारी दिइन् ।

संघीय संसद्का विभिन्न समितिहरूमा ५० भन्दा बढी विधेयक, सन्धि, अध्यादेश तथा सम्झौता अड्किएर बसेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार