प्राकृतिक विश्व फोटोग्राफी प्रतियोगिताका उत्कृष्ट तस्बिरहरू

विश्वभरिका फोटोग्राफरहरूले न्याचुरल वर्ल्ड फोटोग्राफी अवार्ड्स प्रतियोगितामा भाग लिएका थिए। पृथ्वीको जीवन र हाम्रो ग्रहमाथि रहेको जोखिम देखाउने तस्बिर आह्वान गरिएको उक्त प्रतियोगिताका विजेता र उत्कृष्ट तस्बिरहरू यस्ता छन् :

प्रतियोगिताको उत्कृष्ट तस्बिरमा मौरीहरू झुम्मिएको दुर्लभ दृश्य छ। यी मौरीहरू अमेरिकामा पाइन्छ।

 

पर्वत श्रृङ्खला एल्प्सको फ्रान्सेली स्थानमा आफ्नो दुलोबाट निस्केर उफ्रिरहेको यो प्राणीलाई हेर्नुहोस्। फोटोग्राफर होसे ग्रान्डिओले यो तस्बिरका लागि निकै समय कुरेको र त्यो जीव हिउँमा रमाएर निकै बेर खेलेको बताएका छन्।

 

सन्देश कादुरले यो हिउँचितुवाको तस्बिर खिचेका हुन्। हिउँचितुवाहरू पहाडमा देख्न गाह्रो हुने गरी बस्न सक्छन् जसले गर्दा यिनलाई हिमालको भूत पनि भनिन्छ।

 

यो चमेरो रुखमा फलेको फल खान खोजिरहेको छ तर यो तस्बिर खिच्न सीताराम राउललाई निकै समय लाग्यो।

 

एउटा भाले एटलान्टिक गोलिआथ ग्रुपर माछाहरूको भिडसँगै पौडिरहेको यो तस्बिर टम स्लेसिङ्गरले खिचेका हुन्।

 

टम जर्जले खिचेको यो तस्बिर मेक्सिकोको पानीमुनिको गुफाको हो।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार