अधिवेशन आह्वान गर्न मिल्ने अवस्था छैन : प्रदेश प्रमुख यादव

लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले अहिलेका परिवेशमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । प्रदेशसभाका सभामुखलाई आज पत्र लेख्दै उनले अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको बताएका हुन् ।

“नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभाको अधिवेशन बोलाउन मिति २०७८/०१/२६ गते प्रदेशसभाका माननीय सदस्यहरूले लिखित अनुरोध गर्नुभएको सन्दर्भमा नेपालको संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम हाल अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको व्यहोरा जानकारी गराउँदछु”, पत्रमा भनिएको छ ।

गत वैशाख २६ गते प्रदेशका प्रतिपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव पेश गर्दै प्रदेश प्रमुखलाई विशेष अधिवेशन बोलाउन माग गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार