मंगलबार थप ८ हजार २०३ जनामा संक्रमण, १९६ जनाको मृत्यु

नेपालमा मंगलबार थप ८ हजार २ सय ३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ पीसीआर र ६९३ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १९६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ५ हजार ४ सय ११ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ६ हजार ८९१ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म तीन लाख ५२ हजार ४१४ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ लाख १४ हजार ५२९ सक्रिय संक्रमित रहेका छन् भने ७५२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २८ लाख १२ हजार ९५९ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार