निषेज्ञाधामा जरिवाना नलिन राष्ट्र बैंकको निर्देशन

निषेधाज्ञा सकिएको एक महिनासम्म लिलामी गर्न नपाउने

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले कर्जा असुलीमा कुनैपनि प्रकारको जरिवाना वा अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो । चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । साथै निषेधाज्ञाको अवधि र निषेधाज्ञा सकिएको एक महिनासम्म कर्जा उठाउने र लिलामीको सूचना निकाल्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा ब्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित गरिने जनाएको छ । अघिल्लो वर्ष लकडाउनको समयमा १० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । यसपाली छुट घोषणा भने गरेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार