नयाँ सहमतिपछि जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।

ठाकुर र यादवले मंगलबार एक पत्र जारी गर्दै जेठ ८ र ९ गते पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक बोलाएका हुन् । ‘देशको वर्तमान परिस्थितिमा विभिन्न विषयहरूमा विचार विमर्श गरी निष्कर्षमा पुग्नुपर्ने भएको हुँदाु केन्द्रीय कार्ययकारिणी बैठक बोलाइएको पत्रमा लेखिएको छ । जसपामा ५१ सदस्यीय कार्यकारिणी समिति छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार