स्कटल्यान्ड र नेपालबीचको खेल आज

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेलदै छ । सिरिजअन्तर्गत दुई खेलमा पराजित नेपाल आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ । घरेलु टोली स्कटल्यान्ड र नेपालबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै नेपाल सिरिजको अन्त्य गर्ने योजनामा छ । ​स्कटल्यान्डविरुद्धको पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकाल्न चाहन्छ ।

यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । आजको खेलमा जित निकाले नेपाल तालिकाको पाँचौँ स्थानमा उक्लने छ। यता स्कटल्यान्ड आजको खेलमा नेपाललाई हराउँदै पहिलो हारको बदला लिने दाउमा हुनेछ । स्कटल्यान्ड आजको खेलमा जित निकाल्दै सिरिजको अन्त्य गर्ने योजनामा छ । नेपालले सिरिजमा नामिबियासँग दुबै खेलमा हार व्यहोरेको छ । पहिलो खेलमा नेपाल नामिबियासँग ४० र सिरिजको तेस्रो खेलमा ६३ रनले पराजित भएको थियो । नेपाल लिग टू को अङ्क तालिकाको छैटौं स्थानमा छ । नेपालले १९ खेलमा १७ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २३ खेलमा ३२ अङ्क जोडेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार