नेपाल लाइफ इन्स्योरेन्सको सिईओमा प्रविण रमण पराजुली

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा प्रविण रमण पराजुलीलाई नियुक्ति गर्ने बोर्डको बैठकले निर्णय गरेको छ ।

कम्पनीको सिनियर डिसिईओ रुपमा काम गरिरहेको प्रविण रमण पराजुलीलाई सिईओमा नियुक्त गर्ने गरेसँगै बीमा समितिको स्वीकृतीको लागि पठाईएको छ । बीमा समितिले अन्तिम स्विकृती दिएसँगैक कम्पनीको सिईओमा चारबर्षको कार्यभार उनले समहाल्ने छन् ।

यसअघि उनले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सिईओको रुपमा काम गरिसकेका छन् । बीमा क्षेत्रमा ५ वर्ष काम गरेका पराजुलीसँग बैंकिङ र पुँजी बजारको समेत राम्रो ज्ञान र अनुभव छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार