फोहोरबाट मल र ग्याँस उत्पादन गर्छौ : मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले विकास भनेको ठूला सहर र चिल्लो घर निर्माण मात्र नभएको बताएका छन् । भक्तपुरमा भएको विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विकास भनेको ठूला सहर र चिल्लो घर बनाउने मात्र नभएको भन्दै विकास नहुनुको मुख्य कारण चेतनाको अभाव भएको बताए ।

उनले फोहोर व्यवस्थापनको जिम्मा सरकारले लिने र त्यसबाट मल र ग्याँस जस्ता पदार्थ उत्पादन गर्ने योजना गरेको पनि बताए । अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुले सहरी व्यवस्थापनभन्दा पनि समयको व्यवस्था गर्नुपर्ने, फोहोर व्यवस्थापन गर्नुपर्ने र कुहिने, नकुहिने फोहोरको व्यवस्था हुनुपर्ने जस्ता सुझाव दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार