बल्खुको सुमो काउन्टरबाट १० जना विचौलिया पक्राउ

काठमाडौंको बल्खुस्थित टाटासुमो काउण्टरबाट प्रहरीले १० जना विचौलियालाई पक्राउ गरेका छन् । यात्रुलाई बढी भाडा लिने र हैरानी गरेको आरोपमा १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । पक्राउ पर्नेमा उदयपुरका २२ वर्षीय संजय तामाङ, कैलाली घर भएका २१ वर्षीय राजु थापा, सिन्धुली घर भएका ३० वर्षीय हरिबहादुर पाण्डे, भारतीय नागरिक २९ वर्षीय राकेशकुमार श्रीवास्तव, र रौतहट घर भएका २९ वर्षीय आकाश तामाङ छन् ।

त्यस्तै, पर्साको वीरगञ्ज घर भएका ३५ वर्षीय राजिवकुमार सिंह, सिन्धुली घर भएका ३० वर्षीय नितिशजंग राणा, सर्लाही घर भएका २९ वर्षीय रविन्द्र चौधरी, ईलाम घर भएका दोर्जे गुरुङ र काठमाडौंका ४० वर्षीय राम तामाङ पक्राउ परेका छन् । आरोपीहरुमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार