प्रतिनिधिसभाको उपसभामुखका पुष्पा भुसाल निर्वाचित

प्रतिनिधिसभाको उपसभामुखका काँग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी छिन् । प्रतिनिधि सभामा शुक्रबार भएको निर्वाचनमा भुसाल र एमालेका विद्या भट्टराईबीच भएको प्रतिस्पर्धामा भुसाल निर्वाचित भएकी हुन् ।

मत विभाजनका आधारमा भएको भएको निर्वाचनमा भुसालको पक्षमा सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका सांसदले दस्तखत गरेका थिए । भट्टराईको पक्षमा राप्रपाका सांसदले मत दिएका थिए भने नेमकिपाले कसैलाई पनि मत दिएन ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार