लुम्बिनी विकास बैंकमा संचालकबीच लफडा, दुईदिनको फरकमा दुई सीइओ

लुम्बिनी विकास बैंकको सञ्चालक समितिमा विवाद भएको छ । बैंंकको बोर्डमा अहिले दुई वटा समूह बनेका छन् । सञ्चालक समितिमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तिलाई लिएर विवाद भएको हो ।

प्रमुख कार्यकारी अधिृकत (सीइओ) मा विजय बहादुर श्रेष्ठ वा नरेश सिंह बोहरालाई ल्याउने भन्ने विषयबाट विवाद सुरु भएको थियो ।

बैंक संचालकहरुको झगडाकै कारण दुई दिनको बीचमा दुई सीईओ नियुक्त गरियो । बैंकका बहालवाला सीईओ नरेश सिंह बोहरालाई हटाएर अर्को पक्ष संचालकहरुले विजयबहादुर श्रेष्ठलाई असार २८ गते सीईओमा नियुक्त गरेको पत्र नेपाल स्टक एक्स्चेञ्जलाई पठाएको थियो ।

तर सञ्चालकहरुको आन्तरिक लफडाका कारण उनी सीइओ बन्ने कुरा तीन दिन पनि टिक्न सकेन । बैंकले असार ३० गते पुरानै सीइओलाई निरन्तरता दिने निर्णय गर्यो । असार ३० गते फेरि बोहरालाई नै अर्को कार्यकालका लागि नियुक्त गरेको पत्र नेप्सेलाई पठाइएको छ ।

बोहराको दोस्रो कार्यकाल नियुक्तिका सम्बन्धमा संचालकहरुबीच विवाद भएको थियो । ज्योति ग्रुपबाट प्रतिनिधित्व गर्ने एक संचालकले उक्त ग्रुपको चाहना अनुरुप काम नगरी धोका दिएपछि उनलाई फिर्ता बोलाएर अर्को संचालक पठाइयो र बहुमतका आधारमा पुनः बोहरालाई नै सीईओमा नियुक्त गरिएको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार