साउदी क्लबले रोनाल्डोलाई गर्यो ३० करोड युरोको प्रस्ताव

म्यानचेस्टर युनाइटेड युरोपा लिगमा झरेसँगै क्लब छोड्न प्रयासरत क्रिस्टियानो रोनाल्डोलाई ऐतिहासिक मूल्यमा एक क्लबले अफर गरेको छ। पोर्चुगलका स्टार रोनाल्डोलाई साउदीको एक क्लबले ३० करोड युरो अफर गरेको छ।

रिपोर्ट अनुसार यदि रोनाल्डोले अफर स्वीकार गर्ने हो भने उनी इतिहासकै सर्वाधिक धेरै तलब लिने खेलाडी बन्नेछन्।यद्यपि साउदीको कुन क्लबले उनलाई अफर गरेको भनेर खुलाइएको छैन्। तर उक्त क्लबको अफर रोनाल्डोले स्वीकार्ने सम्भावना भने छैन। किनकि उनी अझै केही वर्ष युरोपकै प्रतिष्ठित लिगमा आफूलाई देखाउन चाहन्छन्।

रोनाल्डोको इङलिस क्लबमा आगामी सिजनसम्मका लागि सम्झौता गरेका छन् तर उनको करिअरको अन्तिम समयसँगै उनी अबका वर्षहरूमा च्याम्पियन्स लिग गुमाउन चाहँदैनन्। रोनाल्डो गत सिजन म्यानचेस्टर युनाइटेड आएका थिए तर उनको दोस्रो युनाइटेड आगमन भने सुखद रहेन।

उनले ३० खेलमा १८ गोल गरे पनि टिम प्रिमियर लिगको छैटौँ स्थानमा रहन पुग्दा च्याम्पियन्स लिगमा छनोट हुन सकेन।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार