बारामा घाँटी रेटेर हत्या गरेको अवस्थामा दाजुभाइको शव भेटियो

बारामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा दुई दाजुभाइको शव भेटिएको छ । मंगलबार बिहान कलैया उपमहानगरपालिका-७ रंगपुरस्थित बन्दै गरेको मदरसाको एक कोठामा दुई बालकको शव फेला परेको हो । स्थानीय अब्दुल रसारका छोराहरू ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमानको हत्या भएको हो ।

बालकको घरबाट करिब तीन सय मिटर परको मदरसामा शव फेला परेको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । हत्या गरिएका ती बालकका बुवा वैदेशिक रोजगारीको क्रममा कतारमा छन् । सोमबार बेलुकी ७ बजे घरबाट निस्किएका उनीहरू राति अबेरसम्म घर नफर्किएपछि प्रहरीलाई खबर भएको थियो । मंगलबार बिहान करिब सवा ७ बजे दुबै बालकको शव फेला परेको हो ।

प्रहरीले घटनास्थलबाट कुनै हतियार फेला पारेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार