सत्ता गठबन्धनको बैठक : नागरिकता संशोधन विधेयक आजै पारित गराउने निर्णय

गैरआवासीय नेपालीले सांस्कृतिक अधिकारसहितकाे नागरिकता पाउने

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकले नागरिकता संशोधन विधेयक पारित गराउने निर्णय गरेका छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गैरआवासीय नेपालीले नागरिकता पाउने ‘ग्यारेन्टी’ गर्ने गरी संसद्बाट विधेयक पारित गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक नेताले टिभी अन्नपूर्णसँग भने ‘ नागरिकता संशोधन विधेयक पास गराउने तथा गैरआवासीय नेपालीलाई नागरिकता उपलब्ध गराउने विषयमा सहमति भयो । नागरिकता विधेयक आज नै पास हुन्छ ।’

यस्तै, बैठकमा संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि परिमार्जन गर्ने विषयमा सहमति जुटेको छ । ६ सदस्यीय परिषद्मा तीनजनाको उपस्थितिमा बैठक गर्न सकिने प्रावधानलाई सच्याएर साबिकबमोजिम नै बनाएर विधेयक अघि बढाउने सहमति भइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार