पाँचदलीय गठबन्धनलाई निरन्तरता दिने जसपाको निर्णय

बाबुरामसहित ९ जना नेता कारबाहीमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले सत्तारुढ पाँचदलीय गठबन्धनलाई आगामी संघीय र प्रदेश चुनावसम्म निरन्तरता दिने निर्णय गरेको छ । वीरगञ्जमा सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष उपेन्द्र यादले लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई राजनीतिक स्थिरतातर्फ अगाडि बढाउन गठबन्धनको निरन्तरता आवश्यक रहेको बताए । विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई–दुईपटक संसद विघटन गरेपछि प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन आफ्नो उद्देश्यमा सफल भएको उनको विश्लेषण थियो ।

यादवले पार्टीको हितविपरीत काम गरेकाले डा बाबुराम भट्टराईसहित ९ जनालाई कारबाही गरिएको बताए । आफूहरुसँग पार्टीको दुईतिहाइ शक्ति रहेको उनको दाबी छ । यादवले भने, ‘हाम्रो बैठकमा दुईतिहाइ सदस्य सहभागी भएपछि पार्टी विभाजन गर्ने उहाँको सपना चकनाचुर भएको छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार