कर्णाली राजमार्गमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

कर्णाली राजमार्गको दैलेखको दुल्लु नगरपालिका–३ स्याँलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाबाट सुर्खेत जाँदै गरेको बा २० च ७१५ नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठका अनुसार जीपमा मृतक दुई जना मात्रै सवार थिए । मृत्यु हुनेमा जुम्लाको गुठिचौर गाउँपालिका–४ का ३८ वर्षीय रामहरी न्यौपाने र सोहि ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको रहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

जीप ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जीप सडकबाट झण्डै पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार