उपसभामुखबारे निर्णय लिन लोसपाको बैठक बस्दै

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ । उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् । १३ सांसद भएको लोकतान्त्रिक समाजवादीले कसलाई मत दिने भन्नेबारे टुंगो लगाएको छैन । लोसपा सांसद चन्दा चौधरीका अनुसार उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने आज दिउँसो बस्ने केन्द्रीय कार्यकारिणी बैठकले टुंगो लगाउने छ ।

प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ । लोसपामा पनि गठबन्धनका उम्मेदवारलाई साथ दिनुपर्ने मत बलियो रहेको बताइन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार